मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुरक्षाकर्मीले आफ्नै ब्याग बोकेका हुन्, प्रधानमन्त्रीपत्नीको स्पष्टोक्ति , मेरो होइन

barnanmedia.com · Wed Jun 24 22:21:36 GMT 2026

प्रधानमन्त्री बालेन शाहकी पत्नी सविना काफ्लेले आफ्नो ब्याग सुरक्षाकर्मीलाई बोकाएको भनी सामाजिक सञ्जाल र विभिन्न मिडियामा आएका समाचारको खण्डन गरेकी छन् । चितवनबाट काठमाडौँ फर्किने क्रममा खिचिएको एक तस्बिरलाई लिएर भएको आलोचनाप्रति उनले बुधबार सामाजिक सञ्जालमार्फत आपत्ति जनाएकी हुन् ।

काफ्लेले उक्त ब्याग आफ्नो नभई सम्बन्धित सुरक्षाकर्मीकै निजी ब्याग भएको स्पष्ट पारेकी छन् । ‘जुन सुरक्षाकर्मीले ब्याग बोकेका छन्, त्यो उहाँको आफ्नै निजी हो,’ उनले लेखेकी छन्, ‘सत्यता नबुझी नियोजित रूपमा मेरो चरित्र हत्या गर्ने उद्देश्यले भ्रम फैलाइयो ।’

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)