नदीले धार परिवर्तन गर्दा पूर्वाधार र मानव बस्तीमाथि ‘महासंकट’ निम्तिन सक्ने
kendrabindu.com · Mon Jun 01 03:00:33 GMT 2026

काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी एक अध्ययनले सन् १९८०–२००० को अवधिको तुलनामा सन् २०००–२०२० बीच नदीहरूले धार बदल्ने र किनार कटान गर्ने दर करिब १०० प्रतिशतले बढेको देखाएको छ ।
नदीले पुरानो धार छोडेर नयाँ मार्ग बनाउने ‘कटअफ फ्रिक्वेन्सी’ ११५ प्रतिशतले वृद्धि भएको छ भने अचानक नयाँ धार बनाएर बग्ने (अभल्सन) प्रक्रिया ७७ प्रतिशतले बढेको पाइएको छ । नदीहरू एक स्थानबाट अर्को स्थानमा सर्ने विशिष्ट समयावधि पनि ४० प्रतिशतले छोटिएको अध्ययनले देखाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)