मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भोटेकोशी बाढीः हालसम्म २८९ जनाको शव फेला

gorkhapatraonline.com · Thu Aug 27 10:16:10 GMT 2026

रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण हालसम्म २८९ जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता एवम् सशस्त्र प्रहरी उपरीक्षक (डीएसपी) शैलेन्द्र थापाले रसुवामा तीन, नुवाकोटमा १२, धादिङमा २९, गोखरामा २९, चितवनमा १२१, तनहुँमा १६, नवलपरासी पूर्वमा ६५ र नवलपरासी पश्चिममा १४ जनाको शव फेला परेको जानकारी दिनुभयो ।

उहाँका अनुसार हाल १३ हजार २९५ जना सुरक्षाकर्मी परिचालन गरिएको छ । जसमध्ये नेपाल प्रहरी सात हजार २५०, नेपाली सेना चार हजार २०० र सशस्त्र प्रहरी बल नेपालका एक हजार ८४५ उद्धार, खोज र राहतमा परिचालन गरिएको छ । आज उद्धारका लागि ६९ हेलिकप्टरको उडानमार्फत ३५१ जनाको उद्धार भइसकेको प्राधिकरणले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)