मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

जीत बहादुरको कलाकार बन्ने सपना

newsofnepal.com · Mon Jun 01 03:07:56 GMT 2026

हास्य भूमिकाबाट दर्शकको मन जित्दै आएका लोकप्रिय अभिनेता जितु नेपाल अब निर्माता तथा मुख्य कलाकारका रूपमा ठूलो पर्दामा फरक कथासहित प्रस्तुत हुने भएका छन्।

उनको निर्माणमा बनेको फिल्म आइ एम जीत बहादुरको ट्रेलर सार्वजनिक हालै राजधानीमा आयोजित एक समारोहबीच सार्वजनिक गरिएको छ। ओएसआर डिजिटल युट्युबबाट सार्वजनिक गरिएको ट्रेलरले गाउँबाट कलाकार बन्ने सपना बोकेर सहर पुगेका एक युवाको संघर्षपूर्ण यात्रालाई केन्द्रमा राखेको छ। ट्रेलरमा कलाकारिता क्षेत्रमा स्थापित हुन खोज्ने युवाले भोग्नुपर्ने चुनौती, असफलता, अवसरको खोजी र आत्मविश्वासको कथा भावनात्मक ढंगले प्रस्तुत गरिएको छ। ट्रेलरमा जितुलाई यसअघिका हास्य भूमिकाभन्दा फरक चरित्रमा प्रस्तुत गरिएको छ।

कलाकार बन्ने लक्ष्य बोकेको युवाको भूमिकामा उनले संघर्षशील पात्रलाई जीवन्त बनाउने प्रयास गरेका छन्। अभिनेत्री वर्षा राउत उनको अपोजिटमा देखिएकी छन्। त्यसै गरी अर्की अभिनेत्री प्रियंका कार्की पनि उनीसंगै प्रेममा देखिन्छिन्।

भारतीय बंगाली निर्देशक सुभेन्दु घोषको कथा तथा निर्देशन बनेको फिल्ममा प्रियंका कार्की, सन्दीप क्षेत्री, देशभक्त खनाल, पवन खतिवडा बाबा, निरज नेपाल, अन्शु महर्जनलगायत कलाकारले अभिनय गरेका छन्।

कर्मभूमि क्रियशनको ब्यानरमा निश्चल कुँबर र निरज नेपाल कार्यकारी निर्माता तथा राजन सिंखडा र दीपेन्द्र अधिकारी सहनिर्माता रहेको फिल्ममा भारतीय सिनेमाटोग्राफर अरविन्दको छायांकन रहेको छ।

आगामी असार ५ गते रिलीजमा आउने फिल्मको वितरण आरआर फिल्म्स्ले गर्नेछ भने डिजिटल अधिकार ओएसआर डिजिटलसंग रहेको छ। तीन दशकभन्दा लामो कलाकारिता यात्रामा हास्यदेखि चरित्र अभिनयसम्म आप्mनो छुट्टै पहिचान स्थापित गरेका जितुका लागि आइ एम जीत बहादुर विशेष चलचित्रका रूपमा हेरिएको छ। सार्वजनिक ट्रेलरले पनि कलाकारिताको सपना पछ्याउने युवाको कथामार्फत दर्शकस“ग भावनात्मक सम्बन्ध स्थापित गर्ने संकेत दिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)