भिनिसियस जुनियरको जारी विश्वकपमा ‘थ्री आउट अफ थ्री’ को सानदार रेकर्ड
ratopati.com · Wed Jun 24 22:35:04 GMT 2026
काठमाडौँ । फिफा विश्वकप २०२६ मा ब्राजिलका स्टार स्ट्राइकर भिनिसियस जुनियरले एक दुर्लभ र ऐतिहासिक कीर्तिमान रचेका छन् । जारी विश्वकपको समूह चरणका तीन वटै खेलमा लगातार गोल गर्दै भिनिसियसले यस प्रतियोगितामा आफ्नो वर्चस्व साबित गरेका हुन् । स्कटल्याण्ड विरुद्ध जारी समूहको अन्तिम खेलमा ७ औँ मिनेटमै गोल गरेसँगै उनले ‘थ्री आउट अफ थ्री’ अर्थात् खेलेका तीन वटै खेलमा गोल गर्ने सानदार सफलता हात पारेका हुन् ।
भिनिसियसको यो गोल गर्ने यात्रा मोरक्को विरुद्धको पहिलो खेलबाट सुरु भएको थियो, जहाँ उनले टोलीका लागि निर्णायक बराबरी गोल गरेका थिए । त्यसपछि हाइटी विरुद्धको दोस्रो खेलमा पनि एक गोल र एक ‘असिस्ट’ गरेका उनले आज स्कटल्याण्ड विरुद्ध पनि गोल थपेपछि समूह चरणका सबै खेलमा गोल गर्ने खेलाडीको सूचीमा आफ्नो नाम स्वर्ण अक्षरले लेखाएका छन् । मुख्य स्टार नेयमार सुरुवाती ११ मा नरहेको अवस्थामा भिनिसियसले ब्राजिलको आक्रमणलाई एक्लै सफलतापूर्वक सम्हालिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)