रवि, छवि र विपिन संलग्न तीन संस्थामा प्रहरीको खानतलासी, कागजात नियन्त्रण
barnanmedia.com · Sun Sep 01 21:56:31 UTC 2024

पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलनबारे अनुसन्धान गरिरहेको प्रहरी टोलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, सहमहामन्त्री विपिन आचार्य र पूर्वडीआईजी छविलाल जोशी बञ्जाडे संलग्न तीनवटा संस्थामा खानतलासी गरेर कागजात नियन्त्रणमा लिएको छ।
कास्कीबाट अनुसन्धानमा खटिएका अधिकारीहरूले काठमाडौँ प्रहरीको सहयोगमा गोर्खा मिडिया नेटवर्क, नेचर हब र नेचर नेस्ट नाम गरेका तीनवटा संस्थामा खानतलासी गरेको हो। सहकारीको रकम अपचलनमा जोडिएका रवि, छवि र विपिनसँग सोधपुछ गरी कागज समेत गराएर कास्की प्रहरी पोखरा फर्किएको प्रहरी प्रधान कार्यालय उच्च स्रोतले जानकारी दियो।लामिछाने र पूर्वडीआईजी जोशीसहित रास्वपाकै सहमहामन्त्री समेत रहेका तत्कालिन गोर्खा मिडियाका क्रियटिभ डाइरेक्टर विपिन आचार्यसँग पनि प्रहरीले सोधपुछ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)