मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राप्रपा अध्यक्षमा भिड्न टिम बनाउँदै थापा र लिङदेन

ratopati.com

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशन बुधबार काठमाडौंमा सुरु भएको छ। तत्कालीन राप्रपा र राप्रपा (संयुक्त) बीच एकीकरण भएर बनेको राप्रपाको पहिलोपटक एकता महाधिवेशन हुन लागेको हो। हाल राप्रपामा ३ वटा अध्यक्ष छन।

एकता महाधिवेशनपछि पार्टीमा एकजना मात्र अध्यक्ष हुनेछन्। अध्यक्ष पदका लागि कमल थापा र राजेन्द्र लिङदेनबीच प्रतिस्पर्धा हुने भएको छ।​ महाधिवेशन अन्तर्गत बिहीबार बन्द सत्र हुनेछ भने शुक्रबार नेतृत्व चयनको कार्यक्रम तय गरिएको छ। राप्रपामा केही पदाधिकारी र केन्द्रीय सदस्य गरी १ सय ४९ जना निर्वाचनबाट छानिनेछन् भने केही पदाधिकारी र केन्द्रीय सदस्य गरी ५० जना मनोनयन गर्ने व्यवस्था छ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)