व्यवसायीका हातखुट्टा बाँधेर अर्थतन्त्र चल्दैन
barnanmedia.com · Wed Sep 16 21:48:38 GMT 2026

अर्थमन्त्री स्वर्णिम वाग्लेले सोमबार सार्वजनिक गरेको २१ बुँदे पुँजीबजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजनाले मंगलबार सेयर बजारमा तत्कालीन राहत दियो । नेप्से ४८.५७ अंकले बढेर २६३३.६२ विन्दुमा पुग्नुका साथै दुई महिनायताकै सर्वाधिक ८ अर्ब २९ करोड रुपैयाँको कारोबार भयो । तर बुधबारको कारोबारले भने बजार पुरानै लयमा फर्किने संकेत गरेको छ ।
रास्वपाको नेतृत्वमा सरकार गठन भएदेखि सेयर बजार निरन्तर ओरालो लाग्दै आएको छ । २०८२ चैत ११ मा २९३५ विन्दुमा रहेको बजार २०८३ भदौ २९ मा २५८५ विन्दुमा झरेको थियो । दुई तिहाइ बहुमतनजिकको शक्तिशाली सरकार हुँदा पनि अर्थतन्त्रको ऐना मानिने पुँजीबजारमा सुधार नदेखिएपछि अर्थमन्त्रीले कार्ययोजना ल्याउनुपर्ने बाध्यता आइलाग्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)