मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मनाङे र देवकोटाप्रति गण्डकीका मुख्यमन्त्रीको ‘प्रेम’, टुक्राएर बनाए नौ मन्त्रालय

barnanmedia.com · Sun Sep 01 22:02:48 UTC 2024

केन्द्रमा कांग्रेस र एमालेबीच समीकरण बन्दा प्रदेशमा पनि नयाँ सरकार बने। कांग्रेस र एमाले मात्रै मिल्दा बहुमत पुग्ने प्रदेशको संख्या ६ थियो। अन्य प्रदेशमा कांग्रेस र एमालेको सरकार बन्दा गण्डकीमा भने अचम्मको समीकरण बनेको छ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा कांग्रेस र एमालेको प्रस्ट बहुमत छ। तर, कांग्रेस नेतासमेत रहेका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले माओवादीको चुनाव चिन्हबाट निर्वाचित नेपाल समाजवादी पार्टीका फणीन्द्र देवकोटा र स्वतन्त्र निर्वाचित राजीव गुरुङ (दीपक मनाङे) मन्त्रीसँगै संगसँगै लैजाने खोजे। जसकारण अहिले मन्त्रालयको संख्या सातबाट नौ कायम गरिएको छ। पाण्डे नेतृत्वको सरकार कांग्रेसका २७, राप्रपाका दुई सगै देवकोटा र गुरुङको समर्थबाट बनेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)