मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

त्रिशूली बाढीबाट भएको क्षतिप्रति समुद्रपार निकासी पैठारी संघद्वारा दुःख व्यक्त

ajakoartha.com · Thu Aug 27 10:14:00 GMT 2026

काठमाडौं- त्रिशूली नदीमा २०८३ भदौ १० गते बिहान अकस्मात आएको विनाशकारी बाढीबाट रसुवाको टिमुरेदेखि तलको तटीय क्षेत्रमा भएको ठूलो जनधनको क्षतिप्रति नेपाल समुद्रपार निकासी पैठारी संघले गहिरो दुःख व्यक्त गरेको छ ।

संघले विनाशकारी बाढीमा ज्यान गुमाएका सम्पूर्णमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ । घाइते र अलपत्र व्यक्तिहरुको शीघ्र उद्धार तथा स्वास्थ्यलाभको कामना गरेको छ । उक्त बाढीबाट सडक, पुल, विद्युत् र सञ्चार पूर्वाधार, जलविद्युत् आयोजनाहरु, निजी र सार्वजनिक आवास जस्ता महत्वपूर्ण भौतिक सम्पत्तिमा ठूलो क्षति पुगेको देखिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)