एआई एक्स–रे परीक्षणबाट २३ जनामा क्षयरोग पहिचान
gorkhapatraonline.com · Mon Jun 01 03:23:14 GMT 2026

तनहुँको भानु नगरपालिकाले स्वास्थ्य क्षेत्रमा प्रविधिको आधुनिक प्रयोगमार्फत नगरवासीको स्वास्थ्य परीक्षण सुरु गरेको छ । नगरपालिकाले स्वास्थ्य क्षेत्रमा भित्रिएको नयाँ प्रविधि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गरी छातीसम्बन्धी रोगको खोजपड्ताल गर्ने अभियान अन्तर्गत सञ्चालन गरेको शिविरबाट २३ जना क्षयरोगी पहिचान भएका छन् ।
भानु नगरपालिका–३ खहरेस्थित स्वास्थ्य चौकीमा सञ्चालन गरिएको एआई (कृत्रिम बुद्धिमत्ता) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण शिविरमा कुल ३९४ जनाको छातीको परीक्षण गरिएको थियो । परीक्षणका क्रममा २३ जनामा क्षयरोगसँग मिल्दोजुल्दो लक्षण तथा संकेत देखिएपछि उनीहरूलाई थप पुष्टि तथा आवश्यक प्रयोगशाला परीक्षणका लागि प्रादेशिक अस्पताल दमौलीमा रिफर गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)