अझै तुइन तर्नुपर्ने बाध्यता
gorkhapatraonline.com · Mon Jun 01 03:25:10 GMT 2026

जिल्लाको मध्य क्षेत्रको सर्केगार्ड गाउँपालिका–२ र ३ का स्थानीयलाई अहिले पनि कर्णाली वारपार गर्न तुइनकै सहारा लिनुपर्ने बाध्यता छ । एक वर्षअगाडि नदीमाथि निर्माण गरिएको काठेपुल बगाएपछि अहिले वारपार गर्न स्थानीयलाई तुइनकै सहारा लिनुपर्ने बाध्यता रहेको हो ।
एक वर्षदेखि लगातार सर्केगार्ड गाउँपालिका–६ को खडीखेतमा निर्माण गरिएको तुइन तर्दै आएको रिपगाउँका स्थानीय जनक फडेराले बताउनुभयो । त्यसअघि स्थानीय मिलेर उक्त स्थानमा कर्णाली नदीमाथि काठेपुल निर्माण गरिएकोमा गत वर्ष असारमा पानीको बहाब बढेर काठेपुल बगाएको थियो । स्याल्तडी छारेमा पुरानै झोलुङ्गे पुल भए पनि दुरी टाढा भएका कारण रिपगाउँका स्थानीय सो तुइन तर्दै आएको उहाँले जनाउनुभयो । केही युवाले उक्त तुइन तर्ने गरे पनि अधिकांश रिपवासीलाई तुइन तार्ने मानिसको आवश्यकता पर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)