मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

भिनिसियस चम्किँदा स्कटल्याण्ड विरुद्ध ब्राजिललाई पहिलो हाफमा अग्रता

ratopati.com · Wed Jun 24 22:57:31 GMT 2026

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्याण्ड विरुद्ध पहिलो हाफमा २–० को सानदार अग्रता लिएको छ । अमेरिकाको मियामी स्टेडियममा जारी खेलमा स्टार स्ट्राइकर भिनिसियस जुनियरको जादुमयी प्रदर्शनले ब्राजिल जिततर्फ अग्रसर देखिएको हो ।

खेलको सुरुवातमै स्कटल्याण्डमाथि दबाब बनाएको ब्राजिलका लागि भिनिसियस जुनियरले ७ औँ मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि पहिलो हाफको इन्जुरी समयमा उनले व्यक्तिगत दोस्रो गोल गर्दै ब्राजिलको अग्रता दोब्बर पारे । यो गोलसँगै भिनिसियसले जारी विश्वकपको समूह चरणका तीनवटै खेलमा गोल गर्ने सानदार कीर्तिमान पनि बनाएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)

सम्बन्धित विषय