मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

उडिरहेकाे विमानभित्र बम रहेको धम्की दिएपछि...

barnanmedia.com · Sun Sep 01 22:15:19 UTC 2024

भारतको पश्चिमी राज्य महाराष्ट्रको एउटा विमानस्थलमा बमको धम्की दिएपछि एउटा उडानलाई डाइभर्ट गराइएको अधिकारीहरूले बताएका छन्।

मध्यप्रदेशको जबलपुरबाट तेलङ्गानाको हैदरावादका लागि उडेको इन्डिगोको विमानलाई विमानभित्र बम भएको धम्की देखिएपछि महाराष्ट्रको नागपुरतर्फ डाइभर्ट गरिएको हो। अधिकारीहरूका अनुसार, सबै यात्रु र चालक दलका सदस्यलाई अवतरण गराई विमानको विस्तृत जाँच गरिएको थियो। टोलीले विमानभित्र कुनै शंकास्पद वस्तु फेला पारेन।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)