माओवादी विधान अधिवेशन फागुन १ देखि
ekantipur.com · Sun Jan 14 00:58:59 GMT 2024
काठमाडौँ — माओवादीले पार्टीको विधान अधिवेशन फागुन १ देखि राजधानीमा गर्ने भएको छ । शान्ति प्रक्रियामा आएपछि माओवादी पुरानै नीति, पद्धति, विधिमा चलेको निष्कर्ष निकाल्दै बदलिँदो परिस्थितिअनुसार पार्टीलाई रूपान्तरण गर्न विधान अधिवेशन गर्न लागेको हो ।
उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले पार्टीको सम्पूर्ण ध्यान विधान अधिवेशनमा केन्द्रित हुने बताए । ‘तीन दिनसम्म चल्ने अधिवेशनले पार्टीको आगामी वस्तुनिष्ठ कार्यदिशा र विधान निर्माण गर्नेछ,’ उनले भने । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको स्थायी समिति बैठकले माओवादी युद्ध सुरु गरेकै दिन राजधानीमा अधिवेशन सुरु गर्ने निर्णय गरेको हो । अधिवेशनमा एक हजार तीन सय प्रतिनिधि सहभागी हुनेछन् । केन्द्रीय सदस्य, सल्लाहकार, ज्येष्ठ मञ्च, केन्द्रीय आयोग, ७७ जिल्ला संयोजक, जनवर्गीय संगठनका प्रमुखहरू प्रतिनिधिका रूपमा आउनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)