सार्वजनिक भएको एक तस्बिरका आधारमा तयार गरिएको समाचारप्रति आपत्ति जनाउँदै आफ्नो धारणा सार्वजनिक: प्रधानमन्त्री शाहकी पत्नी
barnanmedia.com · Wed Jun 24 22:52:49 GMT 2026

प्रधानमन्त्री बालेन्द्र शाहकी पत्नी सविना काफ्लेले हालै सार्वजनिक भएको एक तस्बिरका आधारमा तयार गरिएको समाचारप्रति आपत्ति जनाउँदै आफ्नो धारणा सार्वजनिक गरेकी छन्।
चितवनबाट काठमाडौं फर्किने क्रममा एक सुरक्षाकर्मीले बोकेको ब्यागलाई आफ्नो भन्दै केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आलोचना भएपछि काफ्लेले स्पष्टीकरण दिएकी हुन्। सामाजिक सञ्जालमार्फत उनले तस्बिरमा देखिएको ब्याग आफ्नो नभई सम्बन्धित सुरक्षाकर्मीकै निजी ब्याग भएको उल्लेख गरेकी छन्। तथ्य नबुझी अनेक अड्कलबाजी गर्दै आफ्नो चरित्र हत्या गर्न खोजिएको उनको आरोप छ। काफ्लेले नयाँ राजनीतिक शक्ति र उनीहरूका परिवारलाई पुरानै दृष्टिकोणबाट हेरेर नकारात्मक भाष्य निर्माण गर्ने प्रयास भइरहेको बताएकी छन्। पछिल्लो समय आफूलाई विगतका राजनीतिक पात्रहरूसँग तुलना गर्दै नियोजित ढंगले समाचार बनाइएको उनको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)