८ वर्षदेखि पुल नबन्दा भोटखोलाका बासिन्दा काठेपुलकै भरमा
annapurnapost.com · Mon Jun 01 03:27:22 GMT 2026

गोरखा : उत्तरी गोरखाको भोटखोलामा एक झोलंगे पुल निर्माणको काम विगत ८ वर्षदेखि अलपत्र छ। आर्थिक वर्ष २०७५/०७६ मा ठेक्का सम्झौता भएको चुमनुब्री १ क्योङ् र साम्दो जोड्ने पुल निर्माणको काम आठ वर्षदेखि अलपत्र परेको हो।
बुढीगण्डकीमाथि निर्माण हुनुपर्ने सो पुल नबन्दा गाउँलेहरू काठेपुलकै भर पर्नु परेको छ। ‘अहिलेसम्म पुलको जिपबाहेक केही काम भएको छैन’, पूर्ववडासदस्य मिङ्मा लामाले भने, ‘यो पुल नबन्दा मनास्लु क्षेत्र भ्रमण गर्ने, लार्केपास गर्ने विदेशी पर्यटक, सामागाउँ र साम्दोगाउँ आवतजावत गर्ने स्थानीय बासिन्दा र तिब्बत सीमाना रुइला जाने यात्रुहरू बुढीगण्डकीमाथिको फड्के तर्न बाध्य छन्।’
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)