मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

नेपाल पनि मंकिपक्स संक्रमणको जोखिममा रहेकाले सतर्कता अपनाउन सरकारकाे आग्रह

barnanmedia.com · Sun Aug 18 21:40:30 UTC 2024

सरकारले नेपाल पनि मंकिपक्स (एम्पक्स) संक्रमणको जोखिममा रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ । आइतबार एक विज्ञप्तिमार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एम्पक्स संक्रमणविरुद्ध पूर्वतयारी थालिसकेको जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार, हवाई तथा जमिनका नाकाहरूमा रहेका हेल्थ डेस्क स्थापना गरिएको छ ।। "सरुवा रोगको निगरानी सर्विलेन्स गर्ने तीनै तहका निकायहरूलाई सतर्क गराइसकेको र सबै प्रदेशमा यस रोगको निदान तथा व्यवस्थापनका लागि अस्पताल र चिकित्सक तोकिसकेको जानकारी गराउन चाहन्छौँ," मन्त्रालयले भनेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)