मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

बोस्नियाको विश्वकप फुटबलको ‘नकआउट’ मा पुग्ने सम्भावना कायमै, कतार बाहिरियो

hamrakura.com · Thu Jun 25 00:00:00 GMT 2026

काठमाडौँ । विश्वकप फुटबलको समूह बीबाट ‘नकआउट’ चरणमा प्रवेश गर्ने दुई टिमको टुंगो लागेको छ । चार टोलीमध्ये शीर्ष दुईमा रहेर स्वीट्जरल्याण्ड र क्यानाडा अन्तिम ३२ मा पुग्न सफल भएका छन् ।

आज भएको समूह चरणको अन्तिम खेलमा स्वीट्जरल्याण्डसँग पराजित भए पनि क्यानाडा समूह ‘बी’को समूह उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो ।

क्यानाडा २-१ ले पराजित भयो । स्वीट्जरल्याण्डले तीन खेलबाट सात अङ्क जोड्यो । पराजित क्यानाडा पनि समूह ‘बी’को दोस्रो स्थानमा रहँदै नकआउट चरणमा प्रवेश गरेको छ । क्यानाडाको चार अङ्क छ ।

बोस्नियाको नकआउट सम्भावना कायम, कतार बाहिरियो

यसै समूहमा रहेको बोस्निया एन्ड हर्जगोभिनाको पनि समान चार अङ्क रहे पनि गोल अन्तरका कारण पछि पर्यो ।

अङ्क तालिकाको तेस्रो स्थानमा रहेको बोस्निया एन्ड हर्जगोभिनाको तेस्रो टोली बनेर नकआउटमा जाने सम्भावना भने कायमै रहेको छ ।

एक अङ्क बटुलेको कतार भने विश्वकप छनोटबाट बाहिरिएको छ ।

आजै भएको खेलमा बोस्निया एण्ड हर्जगोभिनाले कतारलाई पराजित ३-१ गोल अन्तरले पराजित गरेको हो ।

बोस्नियाका लागि करिम अलाज्बेगोभिक र एर्मिन ममिकले एक एक गोल गरे । कतारका ममुद अब्राहिम अबुनाडाले आत्मघाती गोल गरे । त्यस्तै कतारका लागि हसन अल हेडोसले सान्त्वना गोल फर्काए ।

यसरी छ बोस्नियाको अन्तिम ३२ मा पुग्ने सम्भावना

अहिले विश्वकपमा ४८ टिम छन् । १२ समूहमा विभाजन गरिएको छ । एउटा समूहमा चार टिम छन् । शीर्ष २ मा रहने टिम अन्तिम ३२ मा पुग्छन् । यसरी हेर्दा २४ टिम अर्को चरणमा पुग्छन् ।

त्यसपछि बाँकी रहेका ८ टिम भने हरेक समूहमा तेस्रो रहेका १२ मध्ये उत्कृष्ट ८ ले अवसर पाउँछन् । यो हिसाबले बोस्नियाको सम्भावना लगभग पक्का जस्तै छ ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)

सम्बन्धित विषय