मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सरकारले निर्वाचनमा धाँधली गर्ने चलखेल सुरु गर्‍याे : केपी ओली

barnanmedia.com · Wed Feb 04 22:24:17 GMT 2026

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले आगामी प्रतिनिधिसभा निर्वाचन दुई चरणमा गराउने तयारी गरेर मतधाँधलीको संभावना सिर्जना गर्न खोजिरहेको आशंका व्यक्त गर्नुभएको छ।

बुधबार साँझ काठमाडौंमा आयोजित झापाली समुदायसँगको निर्वाचन विशेष भेटघाट कार्यक्रममा उहाँले हिमाली भेगमा निर्वाचन हुन नसक्ने बहानामा दुई चरणको चर्चा चलेको प्रति गम्भीर प्रश्न उठाउनुभएको हो। अध्यक्ष ओलीले निर्वाचन प्रक्रियामा पारदर्शिता र निष्पक्षता अनिवार्य रहेको स्पष्ट पार्दै भन्नुभयो, “मतपेटिका एक सेकेण्डका लागि पनि पार्टी प्रतिनिधि वा उम्मेदवारको आँखाबाट ओझेल पर्न हुनेछैन, मतदान सकिनासाथ मतपेटिका तत्कालै पार्टी प्रतिनिधिहरूको रोहबरमा मतगणना स्थलमा पुर्‍याएर त्यहीँ खोलेर गणना गर्नुपर्छ ‘मतपेटिका राखेर छोड, हामीमाथि विश्वास गर’ भन्ने चल्दैन।”

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)