मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गठबन्धनकै पक्षमा सत्तारुढ दल

annapurnapost.com · Tue Sep 27 00:55:00 GMT 2022

काठमाडौं : स्थानीय चुनावमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाबीच तालमेल गर्ने सहमति भएको थियो। तर, मधेसका १ सय २६ पालिकामध्ये वीरगन्ज, सिमरा, जनकपुरलगायत स्थानमा गठबन्धन थियो। यद्यपि त्यो पनि सफल भने हुन नसकेको नेताहरू बताउँछन्।

यति बेला सत्ता गठबन्धनमा पूर्वसहमतिअनुसार भन्दै कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीच बार्गेनिङ चलिरहेको छ। ३२ सिट दाबी गरेको जसपाले कम्तीमा २२ सिट पाउने अपेक्षा राखेको जनाइएको छ। अन्य दल भने १४ सिटसम्ममा मनाउन लागेका छन्। यो प्रस्तावमा जसपा अध्यक्ष यादव सहमत भएका छैनन्। यादवले सम्मानजनक भाग नमिले गठबन्धनबाट चुनाव नलड्ने चेतावनी पटक–पटक दिएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)