वर्षौंपछि जग्गाधनी प्रमाणपुर्जा पाउँदाको खुसी
barnanmedia.com · Wed Sep 16 22:28:22 GMT 2026

वर्षौंदेखि आफूले उपभोग गर्दै आएको जमिनको लालपुर्जा कहिले पाइएला भन्ने प्रतीक्षामा रहेका देवघाट गाउँपालिका–१ का भूमिहीन दलित तथा भूमिहीन सुकुम्वासीका लागि आजको दिन विशेष रह्यो । लामो समयदेखिको प्रतीक्षा टुङ्गिएर हातमा जग्गाधनी प्रमाणपुर्जा परेपछि उनीहरूको मुहारमा खुसी छायो ।
जमिन थियो तर आफ्नो नाममा थिएन । वर्षौंदेखि त्यही जमिनमा घर बनाएर, खेतीपाती गरेर जीवन बिताउँदै आएका उनीहरूका लागि जग्गाधनी प्रमाणपुर्जा केवल कागजको एउटा टुक्रा थिएन, आफ्नो बसोबास र भविष्यको कानुनी आधार थियो । पुर्जा हातमा परेपछि उनीहरुले वर्षौंदेखिको चिन्ता हटेको अनुभूति गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)