न्युनतम पारिश्रमिकको मोडालिटी फेर्दै सरकार, अब यी आधारमा तोकिने छ पारिश्रमिक
shilapatra.com · Thu Jul 16 09:05:54 GMT 2026

सरकारले न्युनतम पारिश्रमिकको मोडालिटीमा परिवर्तन गर्दै क्षेत्रगत रूपमा तोक्ने गरी काम अघि बढाएको छ । विज्ञ प्राध्यापकसहितको छुट्टै टोली बनाएर क्षेत्रगत रूपमा कसरी न्युनतम पारिश्रमिक निर्धारण गर्न सकिन्छ भनेर काम अघि बढाइएको युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले जानकारी दिए ।
बिहीबार उद्योगी व्यवसायीहरूसँग छलफल गर्दै मन्त्री विभिन्न क्षेत्र, सीप, प्रदेशिक संरचना र नेपालको भुगोल अनुसार पारिश्रमिक तोकिने बताएका हुन् । उनले भने ‘म आफैँले यस विषयका विज्ञ प्राध्यापक खोजेर यी–यी आधारमा कसरी न्युनतम पारिश्रमिक निर्धाण गर्न सकिन्छ भनेर जिम्मेवारी दिएको छु, अब उहाँले बनाएको मोडालिटी र सिफारिसको आधारमा मन्त्रालय अघि बढ्ने छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)