जनताको सर्वोच्चता कायम राख्ने संसद्ले हो,विघटन गर्न पाइँदैन: सोबिता गौतम
ratopati.com · Wed Sep 10 18:22:00 GMT 2025

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले नेपाली जनताको सर्वोच्चता कायम राख्ने संसद् भएको भन्दै संसद् विघटन गर्न नपाइने बताएकी छिन् ।
बिहीबार एक भिडिओ सन्देश जारी गर्दै सांसद गौतमले संसद् विघटनको काम सह्यै नहुने बताएकी हुन् । उनले जेनजीसहितको संलग्नतामा अन्तरिम नागरिक सरकार गठन गर्न सकिने बताइन्। उनले भनिन्, ‘जनताको सर्वोच्चता कायम राख्ने भनेको नेपालको संसद्ले हो । यो विघटन गर्न पाइँदैन । यो विघटन गर्नु भनेको नेपालको जनताको सर्वोच्चता सङ्कटमा पर्नु हो।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)