मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

झाडापखालाका कारण खोटाङमा एक बालकको मृत्यु

barnanmedia.com · Sun Aug 18 21:56:18 UTC 2024

झाडापखालाका कारण दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खा निवासी युवराज भुजेलका चार वर्षीय छोरा दीपशनको मृत्यु भएको छ । तीन दिनदेखि झाडापखालाबाट ग्रसित दीपशनको आज साँझ जिल्ला अस्पताल खोटाङमा उपचारका क्रममा मृत्यु भएको हो ।

अस्पताल प्रमुख डा. रुपेश सङ्ग्रौलाले बालकलाई ढिला गरी उपचार गर्न ल्याएकाले मृत्यु भएको बताए । बालकलाई धेरै पटक झाडापखाला भएको र सिकिस्त बनेको खबर पाएपछि थप उपचारका लागि स्थानीयको सहयोगमा जिल्ला अस्पताल लगिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)