मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आइपिएल : धोनीको पुनरागमन कप्तानीमा चेन्नईको रोमाञ्चक जित

farakdhar.com · Mon May 02 00:49:38 GMT 2022

भारतमा जारी १५ औं सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किंग्सले तेस्रो जित निकालेको छ । गएराति भएको खेलमा सनराइजर्स हैदराबादलाई १२ रनले हराएसँगै चेन्नईले लिगमा तेस्रो जित निकालेको हो । उसले नौ म्याच खेल्दा ६ खेलमा भने हारको सामना गरेको छ ।

यता हैदराबादको यो लगातार दोस्रो तथा समग्रमा चौथो हार हो । आफ्नो नवौं खेलमा चेन्नईले दिएको २०३ रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८९ रन मात्र बनाउन सक्यो । उसका लागि विकेटकिपर निकोलस पूरनले आक्रामक पारी खेले पनि टिमलाई जित दिलाउन भने सकेनन् ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)