रतुवा खोलामा बोरामा फेला परेकी महिलाको पहिचान खुल्यो, घाँटी कसेर हत्या गरिएको आशंका
annapurnapost.com · Mon Jun 01 04:01:36 GMT 2026

झापा : झापाको दमकमा हत्यापछि बोरामा बाँधेर खोलामा फालिएको अवस्थामा मृत भेटिएकी महिलाको पहिचान खुलेको छ । मृतक दमक नगरपालिका–८ वसन्त टोल निवासी नारायण तिवारीको २१ वर्षीय छोरी रोमा भन्ने रमा तिवारी रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रबहादुर खडकाले जानकारी दिए ।
मृतक रमाको सनाखत उनका बुबा नारायणले गरेका हुन् । रमा जेठ १३ गते राति अन्दाजी साढे ९ बजेको समयमा घरबाट आफू खुसी हिँडेको र घर नफर्किएको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी खडकाले बताए । रमाको शव दमक नगरपालिका–१० स्थित सेतुमारी पुलमुनि शनिबार बिहान ११ बजे फेला परेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)