ट्याटुको आधारमा पहिचान खुल्यो बोराभित्र फेला परेको शवको
hamrakura.com · Mon Jun 01 00:00:00 GMT 2026
काठमाडौँ । झापाको गौरादह नगरपालिका र दमकको सिमानास्थित रतुवा खोलाको पुलमुनि केही दिन अघि बोरामा प्याक गरिएको अवस्थामा फेला परेको युवतीको शवको पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृतक युवती दमक नगरपालिका–८ बसन्तटोल निवासी २१ वर्षीया रोमा भन्ने रमा तिवारी रहेको पुष्टि भएको हो।
प्रहरीले शवको पहिचान खुलाउन मृतकको बाँया हातमा रहेको ट्याटुको तस्वीरसहितको विवरण सार्वजनिक गर्दै सहयोगको अपिल गरेको थियो। उक्त सूचनाका आधारमा प्रहरीको सम्पर्कमा आएका मृतकका बुवा नारायण तिवारी र आमा मुना तिवारीले हिजो जेठ १७ गते सोही ट्याटु र अन्य शारीरिक चिन्हका आधारमा शवको सनाखत गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)