जारी विश्वकपमा पहिलो पटक मैदान छिरे नेयमार, ब्राजिल ३–० ले अगाडि
ratopati.com · Wed Jun 24 23:44:46 GMT 2026

काठमाडौँ । अमेरिकाको मियामी स्टेडियममा जारी फिफा विश्वकप २०२६ को समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलका स्टार स्ट्राइकर नेयमार मैदान छिरेका छन् । स्कटल्याण्ड विरुद्धको खेलमा ३–० को सहज अग्रता भइरहेका बेला खेलको ७६ औँ मिनेटमा नेयमार मैदान छिरेका हुन् ।
जारी विश्वकपमा नेयमार मैदान छिरेको यो पहिलो पटक हो । यसअघिका खेलहरूमा बेन्चमै रहेका उनी आज ७६ औँ मिनेटमा म्याथियस कुन्हाको स्थानमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका हुन् । उनले मैदानमा पाइला टेक्दा रङ्गशालामा उपस्थित हजारौँ समर्थकहरूले ताली र हुटिङका साथ उनको भव्य स्वागत गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)
फिफा