राफिन्हाको ह्याट्रिकमा बार्सिलोनाको फराकिलो जित, रेसिङ सान्तान्डर ७–२ ले पराजित
ratopati.com · Wed Sep 16 22:55:26 GMT 2026
काठमाडौँ । स्पेनिस ला लिगाअन्तर्गत बिहीबार भएको खेलमा शीर्ष स्थानमा रहेको एफसी बार्सिलोनाले रेसिङ सान्तान्डरमाथि ७–२ गोलको फराकिलो जित निकालेको छ । बार्सिलोनाको यो एकपक्षीय जितमा ब्राजिलियन विङ्गर राफिन्हाले ह्याट्रिक गरे ।
घरेलु मैदानमा बार्सिलोनाले खेलको आठौँ मिनेटमै अग्रता लिएको थियो । जोआओ क्यान्सेलोले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाए । २५औँ मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै राफिन्हाले बार्सिलोनाको अग्रता २–० बनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)