मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

हाइटीविरुद्ध मोरक्कोको अग्रता

onlinekhabar.com · Wed Jun 24 23:47:05 GMT 2026

११ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत अहिले भइरहेको खेलमा हाइटीविरुद्ध मोरक्कोले अग्रता लिएको छ ।

१० मिनेटमै आत्मघाती गोल खाएर पछि परेको मोरक्को ७८ औं मिनेटमा पुगेर पहिलो पटक अग्रता लिन सफल भएको हो ।

यसअघि ३९ औं मिनेटमा मोरक्कोका अचरफ हाकिमीले गोल फर्काएर खेल १–१ को बराबरीमा ल्याएका थिए ।

त्यसको चार मिनेटवछिद नै ४३ औं मिनेटमा हाइटीका विल्सन इसिडोरले अर्को गोल थपेर खेललाई २–१को स्थितिमा पुर्‍याए ।

त्यसमा पहिलो हाफको इन्जुरी टाइममा मोरक्कोका इस्माइल साइबेरीले गोल प्रहार गरेर खेल २–२ बराबरीमा ल्याएका थिए । त्यसपछि लामो समयपछि मोरक्कोले गोल गरेर खेल ३–२ को स्थितिमा ल्याइपुर्‍याएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)

सम्बन्धित विषय