मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

खुट्टाको चोट निको नभई रवि आज चितवन जाँदै, फागुनदेखि बालेनसँग संयुक्त दौडाहा

barnanmedia.com · Wed Feb 04 22:55:44 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चोटग्रस्त खुट्टाकै सहारामा बिहीबार आफ्नो निर्वाचन क्षेत्र चितवन–२ जाने भएका छन्। जनकपुरको चुनावी सभामा घाइते भएयता सार्वजनिक कार्यक्रमबाट टाढै रहेका लामिछाने स्वास्थ्यमा पूर्ण सुधार नआउँदै चुनावी मैदानमा फर्किन लागेका हुन्।

लामिछानेले मंगलबार सामाजिक सञ्जालमार्फत बुधबारदेखि नै सार्वजनिक जीवनमा फर्किने घोषणा गरेका थिए। पार्टी स्रोतका अनुसार, उनी सोमबार नै चितवन जाने तयारीमा थिए, तर चिकित्सकले थप आराम गर्न सुझाएपछि भ्रमण दुई दिन सरेको हो। 'उहाँको खुट्टाको घाउ अझै निको भइसकेको छैन, सहजरूपमा हिँडडुल गर्न सक्ने अवस्था छैन,' रास्वपाका एक नेताले भने, 'चितवन पुगे पनि उहाँ तत्काल घरदैलोमा जानुहुने छैन, बसेकै स्थानबाट राजनीतिक भेटघाट र चुनावी रणनीतिमा केन्द्रित हुनुहुनेछ।'

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)