मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बहादुर भवनबाट जिल्लातिर छुटे मतपेटिका बोकेका गाडी : बढ्यो निर्वाचनको रापताप

barnanmedia.com · Wed Feb 04 23:00:27 GMT 2026

फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि निर्वाचन आयोगले आवश्यक मतदान सामग्रीको व्यवस्थापन र ढुवानी प्रक्रियालाई तीव्र पारेको छ। कान्तिपथस्थित बहादुर भवनमा रहेको आयोगको मुख्यलयबाट मंगलबार ललितपुर जिल्ला निर्वाचन कार्यालयका लागि मतपेटिकाहरू पठाइएको छ।

आयोगका सह प्रवक्ता कुल जिसीका अनुसार, मतदानका लागि आवश्यक पर्ने मतपेटिका, रबर छाप, मसी र अन्य महत्वपूर्ण निर्वाचन सामग्रीहरू गाडीमा लोड गरी सम्बन्धित जिल्लाहरूमा पठाउन थालिएको हो। मतपेटिकाहरू कडा सुरक्षाका साथ ढुवानी गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)