मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

साउदीमा छापा मार्दा २० हजार अवैध कामदार पक्राउ

rajdhanidaily.com · Sun Sep 01 23:14:45 UTC 2024

काठमाडौं । साउदीमा छापा मार्दा २० हजारबढी कामदार पक्राउ परेका छन् । साउदीको आन्तरिक मन्त्रालयले गत साता साउदी अरेबियाका सबै क्षेत्रहरूमा छापा मार्दा २० हजार ७ सय १८ अवैध कामदारलाई पक्राउ गरेको जनाएको छ ।

२२ देखि २८ अगस्टसम्मको अवधिमा सुरक्षा निकाय र सम्बन्धित सरकारी निकायले गरेको संयुक्त क्षेत्रीय सुरक्षा अभियानका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा रेसिडेन्सी ऐन उल्लंघन गर्ने १३ हजार २ सय ४८, सीमा सुरक्षा ऐन उल्लंघन गर्ने ४ हजार ६ सय ८८ र श्रम कानुन उल्लंघन गर्ने २ हजार ७ सय ८२ जना रहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)