मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अनैतिक गतिविधिमा संलग्न २४ जना नियन्त्रणमा

barnanmedia.com · Wed Jun 24 23:57:54 GMT 2026

धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको सूचनाका आधारमा प्रहरीले २४ जनालाई नियन्त्रणमा लिएको छ ।

विभिन्न होटल, लजहरूमा चेकजाँच गर्दा अनैतिक गतिविधिमा संलग्न ११ महिला र १३ जना पुरुषलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ पर्नेमा सात जना भारतीय नागरिक पुरूष रहेका छन् ।

नियन्त्रणमा लिइएकाहरूलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक तिमिल्सिनाले जानकारी दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)