घरजग्गा प्रदर्शनी बिहीबारदेखि- सभामुख अर्यालले उद्घाटन गर्ने
barnanmedia.com · Wed Sep 16 23:09:26 GMT 2026

सभामुख डोलप्रसाद अर्यालले बिहीबार काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने ‘नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ को उदघाटन गर्ने भएका छन्। बिहीबारदेखि आइतबारसम्म सञ्चालन हुने प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको छ भने मंगलबारदेखि प्रदर्शनीस्थलमा स्टल निर्माण सुरु गरिएको छ।
नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा चेम्बरसितको सहकार्यमा नेपाल जग्गा तथा आवास विकास संघ र नेपाल जग्गा तथा आवास विकास महासंघले संयुक्त रूपमा आयोजना हुन लागेको प्रदर्शनीको उदघाटन बिहीबार बिहान १०ः३० मा सभामुख अर्यालले गर्ने कार्यक्रम तय भएको आयोजकले जनाएको छ। प्रदर्शनी संयोजक रोशन भोयद्योका अनुसार स्टल निर्माणको काम बुधबारसम्ममा सम्पन्न भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)