समूह ‘सी’ को विजेता बन्दै ब्राजिल अन्तिम ३२ मा, मोरक्कोद्वारा हाइटी ४–२ ले पराजित
ratopati.com · Thu Jun 25 00:05:01 GMT 2026
काठमाडौँ । फिफा विश्वकप २०२६ को समूह ‘सी’ को निर्णायक खेलहरूमा जित निकाल्दै ब्राजिल र मोरक्कोले प्रतियोगिताको अन्तिम ३२ मा आफ्नो स्थान सुरक्षित गरेका छन् । अमेरिकाको मियामी स्टेडियममा भएको खेलमा ब्राजिलले स्कटल्याण्डलाई ३–० को फराकिलो अन्तरले पराजित गर्यो भने एटलान्टामा भएको अर्को प्रतिस्पर्धात्मक खेलमा मोरक्कोले हाइटीमाथि ४–२ को रोमाञ्चक जित दर्ता गरेको छ ।
ब्राजिलको जितमा स्टार स्ट्राइकर भिनिसियस जुनियर नायक बने । उनले खेलको ७ औँ र पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै ब्राजिललाई बलियो स्थितिमा पुर्याए । यो गोलसँगै भिनिसियसले जारी विश्वकपको समूह चरणका तीन वटै खेलमा गोल गर्ने दुर्लभ कीर्तिमान समेत बनाएका छन् । उनले जारी विश्वकपमा ४ गोल गरिसकेका छन् । खेलको ६० औँ मिनेटमा म्याथियस कुन्हाले तेस्रो गोल गर्दै ब्राजिलको जित सुनिश्चित गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)