घोषणापत्रदेखि कार्यकर्ता परिचालन रणनीतिमा जुटे दल
rajdhanidaily.com · Wed Feb 04 23:23:53 GMT 2026

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन मिति नजिकिएसँगै राजनीतिक दल कार्यकर्ता परिचालनदेखि घोषणापत्र तयारीसम्ममा जुटेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, रास्वपा, राप्रपालगायत दल निर्वाचन परिचालन समिति बनाउने, निर्वाचन क्षेत्रमा कमाण्डर तोक्ने, घोषणापत्रको मस्यौदा तयार पर्नेजस्ता कार्यमा जुटेका हुन् ।
रास्वपाले प्रधानमन्त्रीका रूपमा अघि सारेका वरिष्ठ नेता बालेन्द्र शाह झापा क्षेत्र–५ सहित पूर्वका विभिन्न निर्वाचन क्षेत्रमा केन्द्रीत भइरहेका बेला रास्वपाले घोषणापत्र अन्तिम चरणमा पुगेको बताएको छ । एमालेले उपत्यकाका १५ वटै निर्वाचन क्षेत्रमा खडा गरेका उम्मेदवार एकैठाउँ राखेर सर्वोच्च अदालतले संसद् विघटन विषय टारेकोमा खबरदारीदेखि चुनावी एजेण्डा सार्वजनिक गर्नेसम्मका काम गरिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)