मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

प्रधानमन्त्रीको हस्तक्षेपले लयमा आउला स्वास्थ्य बिमा ?

rajdhanidaily.com · Wed Feb 04 23:18:57 GMT 2026

काठमाडौं । राष्ट्रिय प्राथमिकताको सूचीमा रहेको स्वास्थ्य बिमा कार्यक्रम व्यवहारमा भने आर्थिक अभाव, बक्यौता र नीतिगत अन्योलले संकटग्रस्त बनेको छ । अस्पतालहरूले सेवा रोक्ने चेतावनी दिन थालेका छन् भने बीमित नागरिक सेवा नपाएर अलमलमा परेका छन् । यही अवस्थाबीच प्रधानमन्त्री र स्वास्थ्य तथा जनसंख्यामन्त्रीले स्वास्थ्य बिमाप्रति गम्भीर चासो देखाउँदै समाधानको पहल थालेका छन् ।

नागरिकलाई सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सुरु गरिएको राष्ट्रिय स्वास्थ्य बिमा कार्यक्रम गम्भीर आर्थिक र नीतिगत संकटमा फस्दै गएको हो । सेवा प्रदायक अस्पताललाई तिर्न बाँकी करिब १२ अर्ब रुपैयाँ बक्यौता, मासिक बढ्दो दायित्व, स्रोत सुनिश्चितताको अभाव र सरकारभित्रै देखिएको समन्वय अभावले स्वास्थ्य बिमा कार्यक्रम नै असफल हुने खतरामा छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)