घुस लिने सुनिल पौडेल र दिने आनन्दलाई आठ वर्ष कैद सजाय
kendrabindu.com · Thu Jul 16 09:53:05 GMT 2026

काठमाडौं । नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेललाई घुस लिएको आरोपमा विशेष अदालतले आठ वर्ष कैद सजाय तोकेको छ ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्यहरु हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले व्यवसायी दिपक आनन्दसँग घुस मागेको आरोपमा आठ वर्ष कैद सजाय तोकेको हो । साथै घुस दिएको आरोप लागेका व्यवसायी आनन्दलाई पनि आठ वर्षकै कैद सजाय तोकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)