प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गर्दै प्रतिपक्षी दलहरुले आज सुरुबाटै बेल घेर्ने
nepalpress.com · Mon Jun 01 04:42:08 GMT 2026

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिलाई लिएर आज प्रतिपक्षी दलहरुले संसद बैठकमा कडा प्रतिवाद गर्ने भएका छन् । यस विषयमा हिजै प्रतिपक्षी दलहरुबीच सामान्य समझदारी भएको थियो ।
हिजोको बैठकमा प्रधानमन्त्री अचानक उपस्थित भएर संसदहरुलाई प्रश्न सोध्न भनेका थिए । जवाफका क्रममा उनले ‘नेपालले पनि भारतको भूमि मिचेको’ अभिव्यक्ति दिएपछि त्यसको व्यापक विरोध भइरहेको छ । हिजोको बैठकमा केही प्रतिपक्षी सांसदहरुले प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरे पनि सभामुख डीपी अर्यालले कुनै सुनवाइ गरेनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)