मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

पाँचदशकपछि विश्वकपमा प्रवेश गरेको हाइटी बाहिरियो, ब्राजिल समूह 'सी'को शीर्षस्थानमा

baahrakhari.com · Thu Jun 25 00:10:41 GMT 2026

काठमाडौं । स्कटल्याण्डलाई पराजित गर्दै ब्राजिल समूह 'सी' को शीर्षस्थानमा पुगेको छ ।

समूह चरणको तेस्रो खेलमा ब्राजिलले स्कटल्याण्डलाई ३-0 ले हराएको हो । उक्त जितसँगै तालिकामा ब्राजिलले सात अंक जोड्यो।

ब्राजिलका लागि भिन्सियस जुनियरले दुई गोल गरे । उनले खेलको छैटौंँ र २१ औँ मिनेटमा गोल गरे । खेलको ६० औँ मिनेटमा म्याथुज क्युनाले गोल गर्दा नतिजा ३-० मा पुगेको हो ।

तीन खेल खेल्दा ब्राजिलले १ मा बराबरी र दुईमा जित निकालेको हो । ब्राजिल पहिलो खेलमा मोरक्कोसँग बराबरीमा रोकिएको थियो । दोस्रो खेलमा हाइटीलाई ३-0 ले पराजित गरेको थियो।

स्कटल्याण्डले यसअघिका दुई खेलमा हाइटीसँग १-0 को जित निकालेको थियो भने मोरोक्कोसँग १-0 को हार व्यहोरेको थियो । ब्राजिलसँगको पराजयसँगै स्कटल्याण्ड तीन अंकसहित तेस्रो स्थानमा छ ।

यता, मोरोक्कोले हाइटीलाई ४-२ ले पराजित गरेको छ । पहिलो हाफको १० औँ मिनेटमा हाइटीका लियोन जोसेफले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । मोरोक्कोका लागि अकरफ हाकिमीले २९ औँ मिनेटमा गोल गर्दै बराबरीमा ल्याए ।

यस्तै, हाइटीका विल्सन इडिसरले ४३ औँ मिनेटमा गोल गर्दै खेलमा अग्रता बढाए । त्यसको दुई मिनेटमा मोरक्कोका इसाले साइबरीले गोल गर्दा पहिलो हाफ २-२ को बराबरीमा समाप्त भएको थियो । ७८ औँ मिनेटमा मोरक्कोका सोफियान रहुनीले गोल गरे इन्जुरी टाइममा जेसिन यासिनले गोल गर्दै नतिजा ४-२ को अवस्थामा पुर्‍याए । मोरोक्को चारअंकसहित दोस्रो स्थानमा छ ।

मोरक्कोले यसअघिका दुई खेलमा ब्राजिलसँग १-१ को बराबरी खेलेको थियो भने स्कटल्याण्डसँग १-0 ले विजयी भएको थियो । लगातार तीन खेलमा हार व्यहोरेसँगै अंकविहीन भएर हाइटी विश्वकपबाट बाहिरिन पुगेको छ । ५२ वर्षपछि विश्वकपमा सहभागी हाइटीले दुई गोल दर्ता गरेको छ ।

#फुटबल

#ब्राजिल

#हाइटी

#विश्वकप

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)

सम्बन्धित विषय