गरिवीले रोकिँदै थियो चेपाङकी छोरीको आईटी पढ्ने सपना, डा. सुनील शर्माले लिए शिक्षा र रोजगारीको जिम्मा
kalakarmi.com · Thu Oct 29 04:53:31 UTC 2026

काठमाडौं- छोरीलाई उच्च शिक्षा पढाएर सक्षम बनाउने रहर थियो । तर, मिर्गौला प्रत्यारोपणपछि आफ्नै स्वास्थ्यसँग संघर्ष गरिरहेका रामकृष्ण चेपाङसँग छोरीको सपना पूरा गर्ने आर्थिक सामथ्र्य थिएन । चार सन्तानको भविष्यको चिन्ताले पिरोलिएका उनलाई कान्छी छोरी सीमाना चेपाङको पढाइ बीचमै रोकिने हो कि भन्ने चिन्ता थियो ।
यही कठिन परिस्थितिमा नेपाली कांग्रेसका नेता डा. सुनील कुमार शर्मासँग भएको भेटले सीमानाको भविष्यका लागि नयाँ ढोका खोलिदिएको छ । पार्टीका तल्लो तहका नेता तथा कार्यकर्तासँग सम्बन्ध स्थापित गर्ने उद्देश्यले ‘ग्राउन्ड जिरो’ अभियानअन्तर्गत जिल्ला दौडाहामा रहेका डा. शर्मा मकवानपुर पुगेका बेला राक्सिराङ गाउँपालिका-८ का रामकृष्णसँग उनको भेट भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)