चाडपर्व खर्च नपाउने ६ सयभन्दा बढी श्रमिकको उजुरी, रोजगारदातालाई कारबाहीको दायरामा ल्याउँदै विभाग
ratopati.com · Thu Oct 29 05:06:56 UTC 2026

काठमाडौँ । श्रम ऐनमा भएको व्यवस्थाअनुसार चाडपर्व खर्च नपाएको गुनासो गर्दै ६ सयभन्दा बढी श्रमिकले श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा उजुरी दिएका छन्। दसैँअघि कार्यालय समयभित्रै इमेल र पोर्टलमार्फत ती उजुरी दर्ता भएका हुन्।
श्रम ऐन, २०७४ को दफा ३७ मा वर्षमा एकपटक चाडपर्व खर्च उपलब्ध गराउनुपर्ने स्पष्ट व्यवस्था छ। श्रमिकले कुनै चाडपर्वका लागि माग गरेको अवस्थामा सोही चाडपर्वमा र माग नभएको अवस्थामा दसैँमा उक्त खर्च दिनुपर्ने कानुनी प्रावधान छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)