मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

स्थानीय तहको निर्वाचनमा उम्मेदवार छान्न कांग्रेसमा नयाँ विधि, ‘प्राइमरी इलेक्सन’ बाट उम्मेदवार छनौट गर्ने

kendrabindu.com · Thu Oct 29 05:14:40 UTC 2026

काठमाडौं । नेपाली कांग्रेसले आगामी स्थानीय र प्रदेशसभा निर्वाचनमा उम्मेदवार छान्न पार्टीभित्र ‘प्राइमरी इलेक्सन’को अभ्यास सुरु गर्ने भएको छ। आगामी निर्वाचनमा कांग्रेसले सदस्यको प्रत्यक्ष मत, सार्वजनिक मतसर्वेक्षण र प्राथमिक निर्वाचन विधिबाट उम्मेदवार छनोट गर्ने भएको हो।

निर्वाचनपूर्व गठबन्धन नगरी आफ्नै चुनाव चिह्न, आफ्नै उम्मेदवार र आफ्नै कार्यक्रम लिएर जनतामाझ जाने राजनीतिक संस्कार स्थापित गर्ने नीति लिएको कांग्रेसले उम्मेदवार छनोटको नयाँ मापदण्ड बनाइरहेको छ। सभापति गगन थापाका प्रमुख राजनीतिक सल्लाहकार प्रताप पौडेलले नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठकबाट प्राथमिक निर्वाचनमा उम्मेदवारको छनोटसम्बन्धी मापदण्ड आउने बताए।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)