विपद्बाट क्षतिग्रस्त भौतिक संरचना पुनर्निर्माणका लागि श्रमदान
reportersnepal.com · Thu Oct 29 05:12:25 UTC 2026

म्याग्दी, १२ कात्तिक । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारका बासिन्दा श्रमदान अभियानबाट क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणमा जुटेका छन् ।
गत असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि गएको पहिरोले पाउद्वारसहित गिवाङ, नेपाने, किन्दु, धोस्केखोर र घिरवाङका बस्ती पनि प्राकृतिक नाकाबन्दीमा परेका छन् । पाउद्वारका बासिन्दासमेत रहेका अन्नपूर्ण गाउँपालिका–५ का वडाध्यक्ष राजेश तिलिजा पुनले खानेपानी, पदमार्ग र विद्युत् मर्मतका लागि श्रमदान चलिरहेको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)