मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मेची करिडोरको २७ करोडको ठेक्का रद्द

kendrabindu.com · Thu Oct 29 05:39:01 UTC 2026

काठमाडौं । मेची करिडोर (केचना–कञ्चनजङ्घा सडक) अन्तर्गत बेलासे–गोलाखर्क भञ्ज्याङको ९.५ किलोमिटर सडक स्तरोन्नति गर्ने ठेक्का सम्झौता रद्द गरिएको छ ।

पूर्वाधार विकास मन्त्रालयका अनुसार रु २७ करोड २२ लाख लागतको सो आयोजना २०८० पुस २९ गतेभित्र सम्पन्न हुनुपर्नेमा पटकपटक म्याद थप गर्दा पनि ४७ प्रतिशत मात्र भौतिक प्रगति भएको थियो । पछिल्लो सात महिनामा तीन प्रतिशतभन्दा कम प्रगति भएपछि पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको सडक डिभिजनबाट ठेक्का सम्झौता रद्द गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)