तनावबिच उत्तर कोरियाद्वारा १० वटा क्षेप्यास्त्र प्रहार
ratopati.com · Thu Oct 29 05:43:39 UTC 2026

प्योङयाङ । दक्षिण कोरियासँग तनाव बढिरहेका बेला उत्तर कोरियाले बिहीबार समुद्रतर्फ करिब १० वटा छोटो दूरीका ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । सीमा क्षेत्रमा प्रचार प्रसारण पुनः सुरु गर्ने र नयाँ हतियार तैनाथ गर्ने चेतावनी दिएको केही दिनपछि यो प्रक्षेपण भएको हो ।
दक्षिण कोरियाली सेनाले पूर्वी तटीय सहर वोनसनबाट प्रक्षेपण गरिएका क्षेप्यास्त्र पत्ता लगाएको जनाएको छ । सेनाले निगरानी बढाउनुका साथै अमेरिका र जापानसँग सूचना आदानप्रदान गरिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)