क्यानडालाई ईयूको एसोसिएट सदस्यता’दिने प्रस्तावबाट पछि हट्यो युरोपेली संघ
baahrakhari.com · Thu Oct 29 05:37:49 UTC 2026

काठमाडौं । युरोपेली संघ (ईयू)का सदस्य राष्ट्रले क्यानडालाई ‘सहयोगी सदस्य’को दर्जा दिने प्रस्ताव अस्वीकार गरेका छन् । जर्मनीसहित केही देशले विरोध जनाएपछि ईयू र क्यानाडाबीचको शिखर सम्मेलनको मस्यौदा घोषणाबाट उक्त शब्द हटाइएको जनाइएको छ ।
युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले यही वर्ष सेप्टेम्बरमा क्यानडालाई ईयूको पहिलो सहयोगी सदस्य बनाउने प्रस्ताव गरेकी थिइन् । तर, ईयूका सन्धिमा यस्तो सदस्यताको कानुनी व्यवस्था नभएको र प्रस्तावबारे पर्याप्त परामर्श नगरिएको भन्दै जर्मनी, फ्रान्स र इटालीसहितका देशले आपत्ति जनाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)