बागमतीकी सांसद नेपाललाई मातृशोक
ratopati.com · Thu Oct 29 05:59:55 UTC 2026

हेटौँडा । बागमती प्रदेशसभाकी सांसद अमृता नेपाललाई मातृशोक परेको छ । २०७९ को निर्वाचनमा सिन्धुपाल्चोकबाट नेकपाको समानुपातिक कोटामा बागमती प्रदेश सांसद रहेकी नेपालकी आमा सितादेवी नेपालको काीत्तक ११ गते निधन भएको हो ।
सिन्धुपाल्चोकको मेलम्चीकी स्थानीय सितादेवीको ६८ वर्षको उमेरमा निधन भएको हो । दम रोगबाट पीडित सितादेवी काठमाडौँमा रहेर उपचाररत थिइन् । स्वास्थ्य समस्याका बिच सितादेवीको कात्तिक ११ मा ब्रह्मखेल काठमाडौँस्थित घरमा नै निधन भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)